सुदूरपश्चिम

दैनिक मदिरा नष्ट

सुर्खेत । सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत यतिबेला सुर्खेत प्रहरीको पहिलो निशाना बनेको छ ‘लागू औषध र अवैध मदिरा’ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘लागुऔषध र अवैध मदिरा’ बिक्रीवितरण तथा ओसारपसार कार्यलाई नियन्त्रण गर्न जिल्लाभरि कार्यरत आफू मातहतका २९ प्रहरी एकाइलाई सक्रिए बनाएको छ ।

प्रहरीले ‘शहर तथा गाउँ, शान्त, सुन्दर र सभ्य बनाउँ’ भन्ने सन्देश सुर्खेत जिल्लाका गाउँ, बस्ती, टोल, विद्यालयसम्म पु¥याएको छ । कार्यक्रमतालिकाअनुसार पुस मसान्तसम्ममा सुर्खेतका सम्पूर्ण बस्तीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिने छ । सो अन्र्तगत सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसा, लागुऔषध दुव्र्यसनी, अवैध घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण, मानव बेचबिखन, बाल हिंसा र साइबर अपराधसम्बन्धी जनचेतनामूलक तथा अन्तक्र्रिया कार्यक्रम सुर्खेतका नौवटै स्थानीय तहमा सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

लागुऔषध र अवैध मदिरा समाज विकास र सामाजिक अपराधको जड भएकाले यसको नियन्त्रणबाट निर्मूलीकरण गराउने लक्ष्यसाथ अभियान तिब्र बनाएका छौँ”, प्रवक्ता क्षेत्रीले भने, “अहिले विभिन्न सामाजिक अपराधविरुद्धका गतिविधिको अध्ययन, अनुसन्धान एवं अपराधीलाई कानूनी दायरामा ल्याइएको छ ।” प्रहरीको खोजतलास र कडा जाँचले अहिले लागुऔषध कारोवारीको भागाभाग भएको छ भने अवैध घरेलु मदिरा उत्पादन गर्नेको चेत खुलेको छ । दैनिक सयौँ लिटर जाँडरक्सी प्रहरीले बरामद गरी नष्ट पार्न थालेपछि उत्पादक, वितरक र प्रयोगकर्ता निरुत्साहित भएको वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका स्थानीय कर्णबहादुर शाहीले बताए ।

“यसले अवैधधन्दा गर्नेलाई सचेत बनाएको छ”, शाहीले भने, “कानूनको प्रभावकारी कार्यान्वयन हुन थालेजस्तो महसुस भइरहेको छ ।” प्रहरीले बालबालिका, वृद्ध, अपाङ्गता भएका व्यक्ति, शिक्षक, विद्यार्थी, महिला समूह, युवा सबैसँग जनचेतनाको कार्यक्रम गरेपछि छ महीनाको अवधिमा रामै्र सुधार देखिएको स्थानीय राममाया बाँठा मगरले बताए ।

प्रहरीले समाजका सबैखाले अपराधविरुद्धको जनचेतनामूलक कार्यक्रम तथा जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेका फरार अपराधी पक्राउको गतिविधिलाई समेत तीव्र बनाएको छ । प्रहरीले अपराधबाट बच्न र हुन नदिन स्थानीय रेडियो, टेलिभजन तथा सवारी साधनबाट सूचना तथा सन्देशमूलक जानकारी प्रसारण गर्ने गरेको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, सामाजिक अपराधविरुद्धका जिङ्गल प्रसारण, सवारी दुर्घटना तथा ट्राफिक नियमसम्बन्धी कार्यक्रमबाट नागरिकलाई जनचेतना जगाउने काम गरिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । त्यसैगरी, प्रहरीले वीरेन्द्रनगर, लेकबेँसी, भेरीगङ्गा, गुर्भाकोट, पञ्चपुरी नगरपालिका तथा बराहताल र चौकुने गाउँपालिकामा सामुदाय साझेदारी पत्रमा हस्ताक्षर कार्यक्रमसमेत सञ्चालन गरिएको जनाएको छ ।