समाचार

ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण

गोदावरी । पशुपति अन्नपूर्ण आश्रम, नेपाल परम्परागत बौद्ध सङ्घ र राष्ट्रिय ज्येष्ठ नागरिक कोषको संयुक्त पहलमा गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम वेनी र ज्येष्ठ नागरिक सेवा केन्द« बाँडेगाउँका ज्येष्ठ नागरिकलाई आज २१० थान ज्याकेट वितरण गरिएको छ । आश्रमका अध्यक्ष प्रा डा जगदीश वैध, सङ्घका सदस्य विजयज्योति शाक्य र कोषका सभापति रामकृष्ण कर्माचार्यले गलेश्वरधाम

आश्रममा ८० थान र ज्येष्ठ नागरिक सेवा केन्द्र बाँडेगाउँलाई १३० थान ज्याकेट वितरण गरेको पशुपति अन्नपूर्ण आश्रमका अध्यक्ष प्रा डा वैधले जानकारी दिए । उहाँले विसं २०४० बाट ज्येष्ठ नागरिकलाई न्यायो कपडा वितरण गर्दै आएको र ३५ वर्षदेखि आफ्नै पारिश्रमिकबाट जाडोमा न्यानो कपडा वितरण गर्दै आएको बताए । यो वर्ष सुदूरपश्चिमाञ्चल, स्वर्गद्धारी र चितवनमा ज्याकेट वितरण गरिएको छ । देशभर ज्येष्ठ नागरिकको अवस्थालाई ध्यानमा राखी पाँच हजार ५०० ज्याकेट वितरण गर्ने योजना रहेको बताइयो ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले नेपालमा कूल ३० लाख ज्येष्ठ नागरिक सङ्ख्या रहेका जानकारी दिए ।“गत वर्ष यी तीन आश्रम, सङ्घ र कोषले संयुक्त रुपमा गलेश्वरधाम आश्रममा रहनुभएका पुरोहित, गुरु, ज्येष्ठ नागरिक र त्यहाँका शिक्षकलाई न्यायो कपडा वितरण गरेको नेपाल परम्परागत बौद्धधर्म सङ्घका सदस्य शाक्यले भन्नुभयो ।”