आर्थिक

मुक्तिनाथ विकास बैंकको अनलाईन सेवा, अब घरमै बसेर खाता खोल्न सकिने

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले अब घरमै बसीबसी खाता खोल्न मिल्ने गरी अनलाईन सेवा सुचारु गरेको छ । बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको हो ।

बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट खाता खोल्न नयाँ अनलाईन सेवा सञ्चालन गरेको हो । देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरीकहरुले यस प्रविधिको माध्यमबाट बैंकमा खाता खोल्न सक्नेछन् ।

उक्त सेवाबाट ग्राहकहरुले आफ्नो समयानुकुल बैंकको वेवसाईटबाट खाता खोल्न सक्नेछन् । हाल बैंकले १०२ वटा शाखा तथा २० वटा ए.टि.ए.मबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।