पत्रपत्रिका

धेरै खर्च गर्नेमा ओली सरकारका मन्त्री अगाडि, साढे २ करोड स्वाहा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्टाचार नगर्न आफ्ना मन्त्रीहरुलाई झक्झक्याइरहेका छन् । तर, १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमण गरेको खर्च केलाउँदा कसैले पनि निर्देशन पालना गरेको देखिँदैन ।

आजको कान्तिपुर दैनिक लेख्छ–यो सरकारका २५ मन्त्रीले जिल्ला र विदेश भ्रमणको खर्चमा अघिल्लो शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषदलाई पनि उछिनेका छन् ।

०७४ फागुन पहिलो सातादेखि मंसिरसम्म जिल्ला भ्रमणमा साढे २ करोड रुपैयाँ सिध्याइएको छ ।  जवकी देउवा सरकारका ६४ मन्त्रीले करीब १ वर्षमा २ करोड ८८ लाख खर्चिएका थिए ।