गण्डकी प्रदेश

वृद्धा बलात्कारको आरोपमा पक्राउ

पर्वत ।  फलेवास नगरपालिका–५ खानीगाउँकी ७१ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही गाउँकै ४५ वर्षीय टुल्के भनिने नारायणप्रसाद कुवँर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

घरमा एक्लै बस्दै आएकी वृद्धालाई त्रास देखाई पटक–पटक जबरजस्ती करणी गर्दै आएको पीडितका आफन्तको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्ष तिवारीले बताए।

पक्राउ परेका कुवँरलाई जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ।