आर्थिक

पुनर्बीमा कम्पनीसँग प्रभु इन्स्योरेन्सको पुनर्बीमा सम्झौता सम्पन्न

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच नेपाल सरकारले चालु आ.व.२०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।
बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त व्यवस्थाले चालु आ.व.को आरम्भ देखि नै पुनर्बीमा हुने र यस बाट दुवै कम्पनी लाभदायी हुने देखिन्छ ।