आर्थिक

अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंक वीच बीमा सेवा सम्झौता

काठमाण्डौ । अजोड इन्स्योरेन्स लि. र सिद्धार्थ बैंक लि. बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । पौष २४ गते मंगलवार सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फवाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रवन्धक अर्जुन भद« खनालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्सले जनाएको छ ।