खेलकुद

प्रिन्स र प्रफुल अन्तिम आठमा

काठमाण्डौ । नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनमा यु –१९मा बिजयी सुरुवातका साथ अन्तिम आठको यात्रा तय गरेका छन् । दुवई अन्तराष्ट्रिय जुनियर ब्याडमिन्टनका स्वर्ण पदकधारी प्रिन्सले प्रियान्सु क्षेत्रीलाई २१ । १३, २१ । ११ ले तथा यु–१९ का नम्बर एक खेलाडी प्रफुलले नेपालकै सुरज गुप्तालाई २१ । ८, २१ । ११ ले पराजित गरे ।

यसैगरि अन्तिम आठमा स्थान बनाउनेमा नेपालका सत्यम सुब्बा, प्रनिष सिंह ठकुरी, पविन लिन्थेप, म्यानमारका थु रिन रहेका छन् । सत्यमले नेपालकै सफल थापालाई २१ । १९, २१ । १६ ले पाखा लगाए । प्रनिषले नेपालकै देवराज रानालाई १७ । २१, २२ । २० र २१ । १९ ले हराए । पविनले नेपालका दिवश बिश्वकर्मालाई १९ । २१, २१ । १०, २१ । १४, थु रिनले नेपालका पेम्बा शेर्पालाई २१ । १५, २१ । १२ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे । क्वाटरफाईनलमा प्रवेश गर्नेमा नेपालका सरोज अन्सारी र रुकेश महर्जन पनि रहेका छन् । सरोजले नेपालकै भोज गुरुङ्गलाई २२ । २०, २१ । ११ ले तथा रुकेशले अनिश खतिवडालाई २१ । ४, २१ । ९ ले पाखा लगाए ।

मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु–१५ तर्फ नेपालका रोहित बराल, बिवेक चौधरी, उज्जल श्रेष्ठ र नरेन्द्र बमले पनि अन्तिम आठमा स्थान पक्का गरे । रोहितले भारतका अनोज क्षेत्रीलाई २१ । १३, २१ । १४ ले, बिवेकले नेपालकै जोन जसराजलाई २१ । १६, २१ । १८, उज्जलले भारतका मिङ्गमा छिरिङ्ग लेप्चालाई २१ । १४, २१ । १४, नरेन्द्रले नेपालकै अनिष खतिवडालाई २१ । १९, २१ । १७ ले पन्छाउंदै अन्तिम आठमा पुगेका हुन् ।

सहिद रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यु –१९ गल्र्स तर्फको खेलमा बिष्णा राई र रोज पाण्डे पनि क्वाटरफाईनलमा स्थान बनाउन सफल भए । बिष्णाले लिमिन बेलबासेलाई २१ । ७, २१ । ६ ले तथा रोजले स्मृती राईलाई २१ । ६, २१ । ४ ले पन्छाउन सफल भए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए । उनले राजनैतिक उत्थानको थलो बिराटनगर अन्तराष्ट्रिय खेलाडीहरुको उत्थानको थलो, औद्योगिक क्षेत्रमा पनि अग्रज हुनुका साथै अब उपत्यकका बाहिर आएर जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अग्रणी भएको बताए । उनले यस प्रतियोगिताका कारण बिराटनगरले जुनियर खेलाडी उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्नेमा आफु बिश्वस्त रहेको बताए ।

२ लाख ५० हजार बराबरको पुरस्कार रासी रहेको प्रतियोगितामा यु – १५ ब्वाईज र गल्र्स एकल तथा यु–१९ ब्वाईज र गल्र्स एकल तथा युगल गरि ६ स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । करिव २० लाखको लागत रहेको प्रतियोगितामा पहिलो हुनेले २ सय, दोश्रोले १ सय र तेश्रो हुनेले ५० युएस डलर नगद पुरस्कारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।