आर्थिक

प्राइम बैंकको शाखा अब उदयपुरको ताप्ली गाँउपालिकामा

काठमाण्डौ । आफ्नो शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंकले उदयपुरको ताप्ली गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालनपछि बंैकको शाखा कार्यालय संख्या ७१ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच ताप्ली गाँउपालिका अध्यक्ष उद्धव सिंह थापाले शाखा कार्यालय ताप्लीको समुदघाटन गरे ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गर्दछ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने छ ।