प्रदेश 1

हत्याका अभियुक्तलाई जन्मकैद

भोजपुर । जिल्ला अदालतले हत्या अभियोगमा एक महिलालाई जन्मकैदको फैसला सुनाएको छ ।अदालतले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककी २६ वर्षीया रीमा भनिने रेमकुमारी राईलाई जन्मकैदको फैसला गरेको हो ।

अभियुक्त राईले सोही वडाकी स्थानीय ईश्वरमाया राईलाई गरगहना चोरेर दाउरा र ढुङ्गाले टाउकामा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।न्यायाधीस हरिश्चन्द्र इङनामको एकल इजालसले मङ्गलबार सो फैसला गरेको हो । राईले २०६९ असोज ६ गते आफन्त ईश्वरमायालाई बाटोमा कुटपिट गरी हत्या गरेको आरोप थियो । पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको थियो ।