प्रदेश 1

अनाथाश्रमलाई सहयोग

विराटनगर । मदिरा व्यवसायी सङ्घ मोरङले वार्षिकोत्सवको अवसरमा पूर्वाञ्चल अनाथाश्रम विराटनगरका बालबालिकालाई आज खाना खुवाउनुका साथै कम्प्युटर, खेलकूदका सामग्री प्रदान गरी मनाएको छ ।

सो अवसरमा आश्रमका रहेका ८० बालबालिका, वृद्धवृद्धालाई खाजा, खाना खुवाउनुका साथै फूटबल र ब्याडमिण्टन प्रदान गरिएको छ । सङ्घको ११ औँ वार्षिकोत्सवको अवसरमा आज आश्रमको परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा ६० जनाले एक÷एक पिण्ट रक्तदान गरेको सङ्घका अध्यक्ष अंशु बञ्जाराले बताए ।

विगत वर्षमा होटल र पार्टी प्यालेसमा रमाइलो कार्यक्रम गरी मनाइने गरेकोमा यस वर्षदेखि समाजमा केही गरौँ भन्ने उद्देश्यले आश्रमलाई सहयोग गरी मनाइएको सङ्घका उपाध्यक्ष रमेश गिरीले बताए । थोक तथा खुद्रा गरी सङ्घअन्तर्गत मोरङ जिल्लामा २६० व्यवसायी आबद्ध रहेका छन् ।