समाचार

द्वन्द्वपीडित सुरक्षाकर्मीको धर्ना

काठमाडौँ । द्वन्द्वपीडित सुरक्षाकर्मीले आफ्ना माग प्रहरी र सैनिक ऐनमार्फत सम्बोधन गर्नुपर्ने माग गरेका छन् ।

बेपत्ता सुरक्षाकर्मीका परिवारलाई कम्तीमा दोब्बर राहत दिनुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्ततिलाई रोजगारीको सुनिश्चितता गर्नुपर्नेलगायतका माग गर्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घको नेतृत्वमा द्वन्द्वपीडित सुरक्षाकर्मीले आज माइतीघर मण्डलामा धर्नासमेत दिएका छन् ।

धर्नामा सहभागीले ‘अशक्त सुरक्षाकर्मीको उपचारको व्यवस्था गर’, ‘द्वन्द्वपीडित सुरक्षाकर्मीको माग पूरा गर’ र ‘द्वन्द्वपीडित सुरक्षाकर्मीको सन्ततिलाई रोजगारीको ग्यारेन्टी गर’ लेखिएका प्लेकार्ड बोकेका थिए । सङ्घका अध्यक्ष हेमकुमारी घर्तीले द्वन्द्वपीडित परिचयपत्रको वर्गाीकरण गरी ९क० वर्गको परिचयपत्र दिनुपर्ने र शहीद घोषणा गर्नुपर्ने माग गरे ।