सुदूरपश्चिम

भागेश्वर गाउँपालिकामा छाउपडी मान्नेको सुविधा कटौती गरिने

अमरगढी– डडेलधुराको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष, २०७५’ घोषणा गरेको छ।

छाउपडी प्रथाको अन्त्यका लागि सो अभियान थालिएको गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन्।

देउता रिसाउने डरले छाउपडी भएका महिला घरभन्दा बाहिर छाउगोठमा बस्ने र छाउपडी भएका बेला दूध, दही, घ्यूलगायत खानेकुरा खाए देवी रिसाउनेजस्ता कुरीति हटाउन चेतनामूलक अभियान थालिएको उनको भनाइ छ।

‘अभिभावकले छाउपडी भएका बेला विद्यालय जानबाट वञ्चित गरिएको भेटिएमा वा छाउपडी भएका महिलालाई छाउगोठमा राखिएको पाइएमा गाउँपालिकाबाट पाउने सेवासुविधा कटौती गर्ने निर्णय गरेका छौँ,’ उनले भने। सो निर्णय हालैको गाउँसभाबाट पारित गरिएको हो।