आर्थिक

ग्लोबल आइएमई बैंकको १५औँ राजश्व संकलन काउण्टर सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले मंगलबारदेखि नेपाल सरकार, आन्तरिक राजस्व विभाग, करदाता सेवा कार्यालय, कावासोती, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा राजस्व संकलन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दोचापलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखीछिटो, छरितो र गुणस्तरीय सेवाप्रदान गर्ने उद्वेश्यले राजस्व संकलन काउण्टर संचालन गरेको हो ।यस राजस्व संकलन काउण्टर बैंकको कावासोती शाखाको मातहतमा रहने छ ।

उक्त राजस्व संकलन काउण्टरको उद्घाटन एक समारोहका बीच आन्तरिक राजस्व कार्यालयका वा सोतीका प्रमुख सुरज कुमार विश्वकर्माले गरे । यसका साथै बैंकले ११६औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबार देखि पाल्पा जिल्लाको तानसेन नगरपालिका – १३, बौघा गुम्हामा ११६औँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यस शाखा रहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घि जीवितथा स्थानीयवासीहरुको रोहवरमा भएको छ र योशाखा रहित बैंकिङ्ग सेवा बैंकको तानसेन शाखाको मातहतमा रहने छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको हो । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदानगर्दै आई रहेको छ । त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,बहराइन, जोर्डन,अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।