आर्थिक

माछापुच्छ्रे बैंकका नवनिर्वाचित अध्यक्ष महतोद्वारा सपथ

माछापुच्छ्रे बैंकको २०७५ सालपौष २० गते बसेको बैंकको २०औं साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएका डा. विरेन्द्र
प्रसाद महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

बैंकको उक्त साधारण सभाबाट रोशन के. सी. र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक पदमा निर्विरोध निर्वाचित  भएका थिए ।बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहक महानु भावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधाप्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।