आर्थिक

सुनसरीका पौडेल बने आयल निगमको कार्यकारी निर्देशक

काठमाण्डौ । सरकारले क्याबिनेट बैठकबाट सुरेन्द्र पौडेललाई नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । उदयपुर सिमेन्टका महाप्रबन्धक रहेका पौडेललाई सोमबारको मन्त्रीपरिषद को बैठकले पौडेललाई नियुक्त गरेको हो । १२ जनामा प्रतिष्पर्धा गराएर अन्त्यमा पौडेललाई कार्यकारी निर्देशकको रुपमा ४ बर्षका लागि सरकारले नियुक्त गरेको छ ।

१७ जनाबाट ५ जनाको नाम सर्टलिस्टमा राखेको आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

उनले उदयपुर सिमेन्टमा तीन वर्षे कार्यकाल पूरा गरेका थिए । आफ्नो कार्यकालमा उदयपुर सिमेन्टलाई नाफामा लगेको श्रेय पौडेललाई जान्छ । उनी चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।

निगमको तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । पौडेल सुनसरीका बासिन्दा हुन् । प्रधानमन्त्री ओलीसंग निकट मानिने पौडेललाई पुर्ब उद्योगमन्त्री तथा युवा संघका पुर्ब अध्यक्ष महेश बस्नेतले उदयपुर सिमेन्टको महानिर्देशक बनाएक थिए ।