बाग्मती

बालिका बलात्कारको आरोपमा पक्राउ

हेटौँडा ।  बालिकालाई जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका–४ का गणेश भन्ने २५ वर्षीय रेवती सञ्जेल रहेको प्रहरीले जनाएको छ। भीमफेदी गाउँपालिका–६ मा डेरा गरी बस्दै आएका सञ्जेलले गत साउन १२ मा बालिकालाई चितवनदेखि बसमा ल्याएर डेरामा लगेर बलात्कार गरेको आरोप छ। तर, उनी फरार थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–१५ स्थित रातोमाटेबाट नियन्त्रणमा लिएको हो। नियन्त्रण रहेका उनलाई आवश्यक अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ।