लुम्बिनी

बस दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

रोल्पा । रोल्पाको लुग्री गाउँपालिका ३ जुतुङखोलामा बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

सुलिचौरबाट सिर्पतर्फ गइरहेको ग १ ख ५५११ नम्बरको बस साँझ ६ बजे दुर्घटनामा पर्दा चालकसहित एक बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा चालक प्युठान सारी–५ का २४ वर्षीय नमराज आले र लुंग्री–३ जुतुङखोलाका ११ वर्षीय नितेश विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक दिपक खड्काले जानकारी दिए। दुर्घटनामा चार जना  गम्भीर घाइते भएका छन्।

उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर उपचार भइरहेको छ। बस सडकबाट करिव १०० मिटर तल खसेको प्रहरीले बताएको छ।