आर्थिक

सनराइज बैंकले बालबालीकालाई पाँच लाखको चेक

काठमाण्डौँ । सनराइज बैंकले Teach For Nepal लाई संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

शैक्षिक सरकारी मातहतका सार्वजनिक विद्यालयहरुमा ग्रामीण समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न, सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र शैक्षिक प्रणालीमा परिवर्तन गर्दै सार्वजनिक शिक्षालाई सबल बनाउने Teach For Nepal को उद्देश्यलाई बैंकले समाविष्ट गर्दैे आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख नगद सहयोग गरेको हो । Teach For Nepal ले गुणस्तरिय शिक्षा उपलब्ध गराउने उदेश्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरुलाई २ वर्षको लागि स्वयंमसेवी शिक्षकको रुपमा सार्वजनिक विद्यालयमा पठाउने साथै अंग्रेजी, गणित र बिज्ञान बिषयहरुमा अध्यापन गराउँदै आईरहेको छ ।

उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ज्योति कुमार बेगानी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा Teach For Nepal का प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरे । उक्त समारोहमा बैंकका वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी, नायव महाप्रबन्धक अपछ कुमार यादव, नायव महाप्रबन्धक रविन नेपाल लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।