आर्थिक

ग्लोबलआइएमई बैंकद्धारा कालिकोेटमा राहतवितरण

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कालिकोेट जिल्लाको पलाँता गाउँपालिका–१ खाँडाका अग्निपीडितलाई राहत वितरण गरेको छ । बैंकले मिति २०७५/०९/०८ गते रातीे भएको आगलागीबाट पीडित ८७ घरपरिवारलाई ८७ थान ब्लाङकेट र बाकस तथा विद्यार्थीलाई १४० थान ज्याकेट, ट्रयाक–सुट, जुत्ता र मोजा वितरण गरेको हो । आगलागीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहजहोस भन्ने उद्धेश्यले बैंकले उक्त विभिन्न सामाग्रीहरु उपलब्ध गराएकोे हो । उक्त राहत सामाग्रीहरुको वितरण गणेश आधारभुत विद्यालयको प्राङ्गणमा गरिएको हो ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । बैंकले विभिन्न समयमा मुलुकमाआईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्पलगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमापनि सदैव अग्रसर रहँदै आएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउन उद्देश्यले १३३ शाखा, १४१ एटिएम,७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ११६ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा,इन्टरनेट बैंकिंङ्गसेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,बहराइन, जोर्डन,अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।