आर्थिक

जोशी हाइड्रोको साधारण शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा जोशी हाइड्रोपावरको ३७ लाख १४ हजार कित्ता साधारण शेयर सूचीकृत भएको छ ।

केही दिन पहिलेमात्रै साधारण शेयर बिक्री गरेको सो कम्पनीको साधारण शेयर सूचीकृत भएसँग आजदेखि दोस्रो बजारमा कारोवारसमेत शुरु भएको छ । स्टकले सो कम्पनीको शेयरलाई न्यूनतम ९३ रुपैयाँ ६७ पैसा र अधिकतम रु २८० सम्म पुग्ने मूल्य प्रक्षेपण गरेको छ ।

साहारा विकास बैंकले आफ्ना शेयरधनीलाई रु एक करोड ६७ लाख ८८ हजार ८०४ बराबरको शेयर लाभांश दिने भएको छ । यस्तै शेयर लाभांशबापत लाग्ने कर प्रयोजनका लागि रु चार लाख ७२ हजार ५४५ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले रु १८ करोड २४ लाख ८७ हजार बराबरको हकप्रद शेयर बिक्रीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।