पर्यटन/संस्कृति

आग्रह पूर्बाग्रह राखेर मलाई फसाउन खोजियोः मन्त्री अधिकारी (बिस्तृतमा)

काठमाण्डौ । पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले आफू वाइडबडी खरिद प्रकृयामा आएको बिबादबाट नभाग्ने बताएका छन् । पर्यटन मन्त्रालयमा गरिएको मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफुले कुनैपनि गल्ती नगरेको तर लागेको आरोपका बिषयमा आफ्नो कार्यकालको जिम्मा लिने र नभाग्ने बताएका छन् ।
मन्त्रालयको चौथो तल्लाको हलमा दुई सय भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रकारहरु बोलाएर वाईडबडी आफ्नो नाम आग्रह पूर्बाग्रहका कारण जोडेको दाबी गरेका छन् । २७ मंसिर २०७४ को सर्बोच्च अदालतको निर्णय अनुसार आफूले रकम भुक्तानी रोक्न नमिल्ने बताउँदै आवश्यक अनुसंधान गरेर सत्यतथ्य पत्ता लगाउन सबै पक्षलाई आग्रह समेत गरेका छन् । उनले आफूले राजिनामा नदिने आजको पत्रकार सम्मेलनबाट उद्घोष गरेका छन् ।
बिमान खरिदमा कसैले भ्रष्टाचार गरेको भए उसलाई कारबाही गर्न आफू पूर्णतः सहयोग गर्न तयार रहेको बताउँदै आफू संसदमा तेस्रोपटक उपस्थिति भएको जानकारी गराएका थिए ।

 रुपैयाँ ४ अर्ब ३५ करोड भ्रष्टाचार काण्डसहित मन्त्री अधिकारी तानिएपछि उनले आत्र पत्रकार सम्मेलन नै गरेर स्पष्ट पार्ने प्रयास गरेका हुन् ।

-प्रेश विज्ञप्ती ( फोटो बाँगिएकोमा क्षमाप्रार्थी छौं)