पर्यटन/संस्कृति

मन्त्री अधिकारी राजिनामा नदिने अडानमा, ‘नेकपाकै नेता भन्छन्, ‘मन्त्री पदबाट राजिनामा दिनैपर्छ’

काठमाण्डौ । पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रीले लेखा समितिको आज ११ बस्ने बैठकलाई चुनौती दिदै आज सोमबार १० बजे पत्रकार सम्मेलनमार्फत राजिनामा नदिने घोषणा गर्ने तयारी गरेको मन्त्रीको सचिवालयले दाबी गरेको छ । लेखासमिति अन्तर्गतको लेखा उपसमितिले वाईडबडीखरिदमा ४करोड ३५ लाख भ्रष्टाचार भएको ठहर गर्दै पर्यटनमन्त्रीसहित ७ जनालाई कारबाहीको सिफारिस गरेपछि आज ११ बजे उक्त सिफारिसलाई सदर गर्दै पुनः लेखासमितिले समेत सिफारिस गर्ने सम्भाबना रहेको थियो ।

नेकपाभित्र मन्त्री अधिकारीले राजिनामा दिएर बिबाद हटाउनुपर्ने माग उठीहेपनि प्रधानमन्त्रीसंगको आन्तरिक सल्लाहमा मन्त्री अधिकारीले राजिनामा नदिने मुड बनाएको समाचार छ ।

काँग्रेसले वाईडबडीको बिषयलाई एजेण्डाको रुप नै बनाउन थालेपछि आत्रिएका प्रधानमन्त्रीले वाईडबडी जाँचबुझ आयोग गठन गरेर लेखा उपसमितिको प्रतिबेदनलाई नै चुनौती दिएका थिए ।

आज बस्ने लेखा समितिको बैठकले के निर्णय गर्छ त्यो हेर्न बाँकी छ तर मन्त्री अधिकारीलाई भने वाईडबडी घोटालाले छाड्छ भन्नेमा नेकपाका नेताह नै बिश्वस्त छैनन् । एक नेताले नाम नभन्ने शर्तमा सुर्यखबरलाई भने, ‘मन्त्री अधिकारीलाईमात्र नभएर गल्ती गरेको नभएपनि वाईडबडीले सिंगो पार्टीलाई नै बद्नाम गरेको छ । त्यसैले मन्त्री अधिकारीले राजिनामा दिनुपर्छ उनले राजिनामा नदिई धर पाउन्नन् ।’