राजनीति

प्रधानमन्त्रीप्रति डा. भट्टराई आक्रोसित- वाइडवडी ढाकछोप गर्न ‘अरिंगाल’ परिचालनमा लागेको हो ?

काठमाडौँ । नयाँशक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले वाईडबडी विमान खरिद प्रक्रियामा भएको अनियमितता ढाकछोप गर्न सरकारले हतारमा छानविन आयोग गठन गरेको आरोप लगाएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै वाइडवडी ढाकछोप गर्न सरकार अब ‘अरिंगाल’परिचालनमा लागेको हो भन्दै प्रश्न समेत गरेका छन् ।

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार संसदमा गरेको सम्बोधनपछि प्रमुख विपक्ष दललाई प्रतिप्रश्न गर्न रोक लगाइएको प्रति पनि असन्तुष्टि समेत जनाएका छन् ।

यस्तै उनले वर्तमान पर्यटनमन्त्री रविन्द्र अधिकारीले सोमवार गर्न लागेको पत्रकार सम्मेलनको पनि विरोध गरेका छन् ।

संयोजक भट्टराईले ट्वीटरमा लेखेका छन्, “वाइडवडी ढाकछोप गर्न सरकार अब ‘अरिंगाल’परिचालनमा लागेको हो ?नत्र किन-लेखा उपसमितिको प्रतिवेदन समितिले रोक्ने हतारमा म.प.को छुट्टै आयोग प्रमको संसद सम्बोधन पछि प्रश्नमा रोक१सोसल मिडियामा कार्यकर्ताको हस्यांगफस्यांग ! पर्यटन मन्त्रालयको हतारको पत्रकारसम्मेलनरुहजार झूटले ! सत्य छोपिन्न है ?”