खेलकुद

ए डिभिजन लिग: त्रिभुवन आर्मीद्वारा मछिन्द्र पराजित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।

आईतबार हल्चोकस्थित मैदानमा लिगको अन्तिम खेलमा मछिन्द्र क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मीले चौथो स्थान पक्का गरेको हो । आर्मीका लागि कप्तान भरत खवासले दुई तथा टङ्क बस्नेतले एक गोल गरे । मछिन्द्रवरुद्धको खेलमा २९औँ मिनेटमा टङ्कले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफपछि आर्मीले थप दुई गोल ग¥यो ।

खेलको ६२औँ मिनेट र ७३ औँ मिनेटमा भरतले गोल गरेका थिए । आर्मीले अहिलेसम्म लिगको उपाधि जित्न सकेको छैन । मछिन्द्र १३ खेलबाट सात अङ्क जोडेर लिगको १३औँ स्थानमा छ ।

बङ्गलादेश प्रिमियर लिगः सन्दीपले लिए दुई विकेट:

बङ्गलादेश प्रिमियर लिग (बिपिएल)अन्तर्गत आजको खेलमा सन्दीप लामिछानेले २ विकेट लिएका छन् । सिल्हेट सिक्सर्स क्लबबाट बिपिएल खेलिरहेका सन्दीपले डेब्यूमै दुई विकेट लिएका हुन् ।

सन्दीपले कोमीला भिक्टोरियन्स विरुद्धको खेलमा चार ओभर बलिङ गर्दै १६ रन खर्चे । उनले भिक्टोरिएन्सका सोहेब मल्लिक तथा अनमुल हकको विकेट लिए ।

सिक्सर्सले दिएको १२८ रनको लक्ष्य भिक्टोरिएन्सले एक बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा ग¥यो । सन्दीपले दोस्रो खेल बुधबार खेल्नेछन् ।