आर्थिक

शिवम् सिमेन्टको “लक्ष्मीहातमा देवदर्शन शिवम्को साथमा” लक्की–ड्रको नामा सार्बजनिक

काठमाण्डौ । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले संचालित “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा”उपभोक्ता योजना अन्तर्गतको हेलिकप्टरबाट काठमाण्डौं–गोसाईकुण्ड–काठमाण्डौं, देव दर्शन यात्राको पहिलो चरण अन्तर्गत ६० भाग्यशाली कुपन विजेतामार्फत १२० जनाविजेताको नाम लक्की–ड्रमार्फत पत्रकार सम्मेलनगरि सार्वजनिक गरेको छ ।

शिवम् सिमेन्टले यहि पुस ५ गते देखी “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा”नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो । उक्त योजना अन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपनप्राप्तगरि हातखाली नहुने उपहार रु.१०० देखि १००० सम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागिलक्की–ड्रमा भागलिन सकिने व्यवस्था मिलाएको थियो । यस योजनाको छोटो समयमै ग्राहकहरुले उल्लेख्य संख्यामा सहभागिता जनाएका थिए ।
नेपाल राज्य भरबाट संकलित सो अर्धकट्टीहरु मध्येबाट प्रथम चरणको लक्की–ड्रपत्रकार सम्मेलन गरी ६० जना भाग्यशाली बिजेताहरुको नाम सार्वजनिक गरिएको थियोे । जस मध्ये प्रत्येक कुपनवापत २ जनाविजेतागरि १२० जनाले हेलिकप्टरबाट गोसाईकुण्ड जान सक्नेछन् ।

छोटो समयमा उत्साहजनक रुपमा सहभागिताजनाई यस योजनालाई सफलपार्न सहयोग गरेकामा शिवम् सिमेन्टस् परिवार सम्पूर्ण ग्राहकवर्गहरुलाई हार्दिक धन्यवाद दिदैं अझै यस योजना अन्तर्गत Sure Shot पुरस्कारमा करोडौंको नगद उपहार तथा सयौं तोला सुनका साथै लक्की ड्रमा प्रत्येक भाग्यशाली विजेता कुपन मार्फत २ जना गरी ३६२ जनाकालागि हेलिकप्टरबाट गोसाइकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।
शिवम् सिमेन्टले No Compromise को नारा सहितविभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापनएवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली OPC सिमेन्ट हो ।
सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।