आर्थिक

माछापुच्छ्रे बैंकका एकैदिन ८ शाखा एकैदिन शुचारु

काठमाण्डौ । माछापुच्छ्रे बैंकले खोटाङ्ग, भोजपुर र डडेलधुरामा ८ शाखा रहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले खोटाङ्गमा पर्ने हलेसी तुवाचुङ्ग नगरपालिकाको अर्खौले र राजापानीमा २ शाखा रहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । त्यससँगै डडेलधुरामा पर्नेवागेश्वर गाँउपालिको रुपाल रगन्यापधुरा गाँउपालिमकाको बदलमा २ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

यसका साथै भोजपुरमा पर्ने ट्याम्के मैयुङ्ग गाँउपालिको कोट रपाँचधारे, सदानन्द नगरपालिको साङ्पाङ् रपौवाडुङ्मा गाउँपालिकाको च्याङ्रेमा पनि ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पुर्याइरहेको छ ।

यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ५२ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बंैकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मागर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदनगर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत५२ शाखा रहित बैकिङ्गसेवागरी जम्मा १४२ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ११० वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।