शिक्षा

अपाङ्गता भएकालाई छात्रवृत्ति

धम्बोझी । बारबर्दिया दुदास्थित युवक माध्यमिक विद्यालयले आफ्ना संस्थापक प्रधानाध्यापक र शिक्षकका स्मृतिमा विभिन्न कक्षामा अध्यनरत तीन अपाङ्गता भएका छात्रछात्रालाई जनही रु ५ हजार र सात अन्य विद्यार्थीलाई जनही रु एक हजारका दरले छात्रवृत्ति वितरण गरेको छ । शैक्षिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारूले शिक्षा क्षेत्रमा क्रियाशील रुपलाल थारु र धनीरामले थारू भाषा, साहित्य कला र संस्कृतिका क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताए ।

विसं २०४५ मा स्थापित सो विद्यालयमा आयोजित शैक्षिक तथा सांस्कृतिक कार्यक्रममा छात्रवृत्ति वितरण गर्दै नगरप्रमुख थारूले संस्थापक प्रधानाध्यापक रुपलाल र शिक्षक धनीरामले विद्यालय स्थापना गर्दा देखेका सपना आज पूरा भएको बताए ।