समाचार

रेल र पानी जहाजको सपनालाई अफवाहको तुवालोमा पुर्ने प्रयास भइरहेकोः प्रधानमन्त्री ओली

 काठमाडौँ । आइतबार संसदमा पतिपक्षीले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानि जहाजको आफ्नो सपनालाई अफवाहको तुवालोमा पुर्ने प्रयास भइरहेको बताएका छन् । नेपालमा पानी जहाजको कार्यालय’ स्थापनाको तयारी भइरहेको ओलीले बताएका छन् । उनले पतिपक्षलाई व्याङ्ग्य गर्दै भने,‘धैर्य गरौं, रेल आउँछ, पानी जहाज पनि चल्छ । टिकट काट्न पाइन्छ । म साथीहरुलाई ढुक्क हुन आग्रह गर्छु ।’

यसैगरी प्रधानमन्त्री ओलीले भने ‘अन्यायमा परेका निर्मला जस्ता छोरी चेलीलाई न्याय सडकमा जम्मा हुने भिडले दिने होइन, सरकारले दिने हो । त्यसका लागि मेरो नेतृत्वको सरकार लागि परेको छ । दिन्छ ।’

३३ किलो सुनकान्डको प्रगति भइरहेको भन्दै प्रधानमन्त्रीले । भारतीय प्रहरीको सहयोगमा कोलकत्ताबाट सुनसहित २ जना पक्राउ परेको र त्यसको बारेमा अनुसन्धान जारी रहेको बताएका छन् ।