प्रवास

यूवकलाई बलात्कार गरेको आरोपमा एक नेपालीलाई १३ वर्ष जेल सजाए

काठमाडौँ । बेलायतमा एक नेपाली यूवकलाई बलात्कार गरेको ठहर गर्दै अदालतले एक नेपालीलाई १३ वर्ष जेल सजाए सुनाएको छ ।

रेडिङ सहरमा बस्दै आएका देउकुमार लिम्बुलाई बेलायतको स्थानीय अदालतले २२ वर्षीया वर्षीया यूवकलाई यौन हिंसा गरेको ठहर गर्दै जेल सजाए सुनाएको हो ।  रेडिङ क्राउन कोर्टले गत वर्ष जुनमा लिम्बुले ‘लर्निङ डिसेबिलिटी’ भएका २२ वर्षीय ती युवकमाथि यौन हिंसा गरेको ठहर गरेको छ । ती युवकको परिचय भने खुलाइएको छैन ।

प्रहरीका अनुसार ६ जुन २०१८ का दिन एकाबिहानै ती युवकले लिम्बुसँग आफ्नो घरजाने बाटो सोधेका थिए । राति आफ्ना साथीहरुसँग रमाइलो गरेपछि बिहानै घर जानलाग्दा आफूसँग फोन वा पैसा पनि नभएको उनले बताएका थिए ।

ती युवकको परिस्थितिको फाइदा उठाउँदै लिम्बुले ती युवकलाई घिसार्दै नजिकै बेर्सफोर्ड रोड खेल मैदान (प्ले ग्राउण्ड) मा लगेर उनीसँग जबर्जस्ती यौन सम्बन्ध राखेको प्रहरीले जनाएको छ ।

न्यायाधीशले सार्वजनिक ठाउँमा आफूसँग मद्दत माग्न आएको व्यक्ति विरुद्ध यौन हमला गर्ने लिम्बु यौन पिपासु भएको बताइन् । फैसला सुनाउँदै न्यायाधीशले आफ्नो अपराधका लागि लिम्बुले पश्चाताप समेत नगरेको बताइन् ।

सो घट्नाको सिसीटिभी फुटेज पनि अदालतमा प्रमाण स्वरुप प्रस्तुत गरिएको थियो । प्रहरीसँगको बयानमा लिम्बुले ती युवासँग सहमतिमा आफूले यौन सम्बन्ध राखेको दाबी गरेका थिए ।

उक्त घट्नापछि ती युवकले आफूलाई डर लाग्ने, घट्नाको झझल्को आइरहने र राम्रोसँग सुत्न नसक्ने बताएका थिए । घटनाको दुई दिनपछि प्रहरीले लिम्बुलाई पक्राउ गरेको थियो ।

लिम्बुका एक १७ वर्षीय छोरा रहेको तथा उनकी श्रीमती दुई वर्ष अघि हङकङ फर्किएको समाचारमा उल्लेख छ । बेलायती जेलमा हाल झण्डै एक दर्जन नेपाली रहेको नेपाली दूतावासको तथ्यांकमा उल्लेख छ ।