सामाजिक सञ्जाल

कम्युनिष्ट भ्रष्ट र अपराधीका मालिक भए, अब हस्तक्षेप गर्ने समय आयोः नेता भण्डारी

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले राजनीतिमा नैतिकता गुमेकोमा चिन्ता ब्यक्त गरेका छन् । सिंगो राजनीति नै नैतिकताबिहीन भएपनि कम्युनिष्ट पार्टी भने भ्रष्टचारी र अपराधीका मालिक भएको उनको टिप्पणी छ । धर्मसंस्कृति, कर, राष्ट्रबादको कुरा उठाउदै अराजकता निम्त्याउने कम्युनिष्ट शासकको बिरुद्ध उत्रनुपर्ने बेला आएको बताएका छन् ।  प्रमुख प्रतिपक्षी दल काँग्रेसले मात्र नभएर कम्युनिष्ट कार्यकर्ताले जनताको पर्खाल भएर पार्टी र सरकारलाई हस्तक्षेप गुर्नपर्ने समय आएको धारणा डा. भण्डारीले तर्क प्रश्तुत गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,
“राजनीतिमा नैतिकता र इमान्दारीता खस्किदै गएको छ । कम्युनिष्ट नेताहरु त भ्रष्ट र अपराधिका मालिक जस्ता देखिन थाले । नेताहरु देश, जनता र समाज प्रति इमान्दार जस्ता देखिएनन् र जनताको मतको पनि उपहास गरेका छन् । जनताका आवश्यक्ता र क्षमतालाई आँकलन नगरी जनतालाई ट्याक्सको बन्धनमा बाँधेर आफ्नो सुविधा लिन गौरव ठान्ने ??? धर्म र सँस्कृतिका विरोधी जस्ता देखिने ??? विखण्डन वादी शक्ति संग लहसिदै जाने ??? यदि कम्युनिष्ट पार्टीका कार्यकर्ताले पार्टी र सरकारलाई हस्तक्षेप गरेनन् र प्रतिपक्षले जनताको पक्षमा पर्खाल भएर उभिन सकेन भने जनता निराश हुनेछन् । वर्तमान राजनीतिक परिवेशको विश्लेषण गर्दा यथास्थितिमा रमाउने हो भने हाम्रा सिमाका पिलर मात्र होहन सिँहदरबारको कुर्सिमा आज्ञाकारी मात्र बिराजमान न होलान भन्न सकिन्न ।।।। जय मेरो देश।”