लुम्बिनी

सालको काठसहित दुईजना पक्राउ

दाङ । दाङमा सालको काठ सहित दुईजना पक्राउ परेका छन्।

गढवा गाउँपालिका ३ सुपैलाका ३८ वर्षीय कुलबहादुर घर्तीको घर र गोठमा लुकाईछिपाई रोखको अबस्थामा ८.६१ क्यूफिट बसालको काठसहित दुई जनालाई पक्राउ गरि सार्बजनीक गरिएको छ।

अबैद्य रुपमा सालको काठ ओसारपसार भईरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गढवाको टोलीले शनिबार छापा मार्दा घर्तीको घरमा लुकाई छिपाई राखेको अबस्थामा काठ फेला परिएको हो।

काठसहित घर्ती र ओसारपसारमा संलग्न भएको आरोपमा सोही ठाउँका खड्क चैधरीलाई पनि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिए।

उनका अनुसार बरामद गरिएको दशी र पक्राउ परेका दुईजनालाई आबश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय गोबरडिहा दाङमा बुझाईएको छ। पछिल्लो समय त्यस क्षेत्रमा सालको काठ ओसारपसारका घटना बढिरहेका छन्।