खेलकुद

म्यानचेस्टर युनाइटेडकाे जितमा माटा र लुकाकुकाे गाेल

एजेन्सी  । म्यानचेस्टर युनाइटेड इंग्लिस एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार भएको तेस्रो चरणको खेलमा रिडीङलाई २ – ० ले हराएर युनाइटेडले चौथो चरणको यात्रा तय गरेको हो  ।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन हुवान माटा र रोमेरो लुकाकुले एक एक गोल गरे । ओल्ड ट्राफोर्डमा खेलको २२ औं मिनेटमा माटाले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।  त्यसपछि खेलको ४५ औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे ।

जितसंगै केयर टेकर प्रशिक्षक आले गुनर सोल्सायरको नतृत्वमा युनाइटेडले लगातार पाँच खेलमा जित निकालेको छ । जोसे मौरिन्होलाई बर्खास्त गर्दै सोल्सायरलाई जिम्मेवारी दिएपछि युनाइटेडले लगातार जित निकालेको हो । यसअघि युनाइटेडले  प्रिमियर लिगमा ४ जित निकालिसकेका छ ।

एफए कप अन्तर्गत ब्राइटनले बर्नेमाउथलाई ३ – १, वेष्ट ह्यामले बिर्मिनगम सिटीलाई २ – ० र वेष्ट ब्रुमले विगानलाई १ – ० ले हराएर चौथो चरणमा स्थान बनाएका छन् । यस्तै बर्नलीले  एफए कपको चौथो चरणको यात्रा तय गरेको छ ।