साहित्य

ज़रूर आधा बाटो हिँडी फर्कन्न तिम्रो प्रियसी

-कविता                                                                                                                                                -यसोदा कार्की

 

बादलपारीको गाऊँमा
धन कमाउन हिडेको तिम्रो प्रियेसी !

हज़ार आशालाई मूर्त रूप दिन
कैयौं पटक मुर्छित हुन्छु !

शरिर बेमत्लब थकित बन्छ,
तर मन गगन चुम्बी झैँं उर्लंदो बन्छ !

सुस्तरी इछ्याको सागरमा पौडेर
सपनाको संसारमा पुग्ने गर्छु !

कैलेकहीँ यस्तो लाग्छ कि
बेहिसाब कसैले माया गरोस !

कल्पनामा सुन्दर कस्तूरी भेटिउन्
फ़रक बनोस जिवनको भोगाइ !

सकारात्मक ऊर्जाले भरिएका सपनाहरू पंक्तीबद्ध रहोस !
जोवन ढल्कीयोस तर मेरो मनको बगैँँचा सधैँ फूलिरहोस !!

खै धेरै खोज्दैछु भनु या
जिउने कला सिक्दैछु भनु !

फेरी कुंठाहरूको सागरमा डुबुल्की पो मार्दैछु भनु !
मायाको सगर खोज्दैछु भनु या भाग्दै छु भनु!!
साँँच्चीकै बतासे सुगन्ध लिदैछु भनु या कुर्देछु पनि भनु !!!

बाच्न अनि बचाऊँन चलाईरहेछु बिस्मय जिजीविषा,
यही क्षीतिजपारीको गाउँमा, जहाँ धेरै ज़िम्मेवारी छ !

अनि बाध्यता सहित झिनो आनन्दको आभास पनि !
आत्तिएर उन्मत्त हुने समय हैन साथी लक्षको उत्तिनै माया छ पनि !!

दिल रापीयोस या पानी पानी किन नहोस !
अतिरन्जित झोक्काहरूले रन्थनाओस या बाँध्न किन नखोजोस !!

तर ज़रूर आधा बाटो हिडी फर्कन्न !
बादलपारीको गाऊँमा धन कमाउन हिँडेको तिम्रो प्रियेसी !!!