आर्थिक

शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता

काठमाण्डौ । धितोपत्र बजारमा यस साता शेयर कारोवारका आधारमा बैंक तथा वित्तीय संस्थाको नै बाहुल्यता रहेको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको यस साताको कारोवार विवरणमा बैंक तथा वित्तीय संस्था नै अग्रस्थानमा रहेको पाइएको हो ।

बढी शेयर कारोवार भएका उत्कृष्ट दश संस्थामध्ये पहिलो स्थानमा नेपाल बैंक लिमिटेड रहेको छ । सो बैंकको ३०२ कित्ता शेयर कारोवार भयो । यस्तै दोस्रोमा नेपाल क्रेडिट एण्ड कर्मस बैंक रहेको छ ।

सो बैंकको २४७ कित्ता शेयर कारोवार भए । तेस्रोमा जनता बैंक रहेको छ । उक्त बैंकको १५४ कित्ता शेयर कारोवार भयो । प्रभु बैंकको १४२, एनएमबी बैंकको १४०, मेघा बैंकको १२९, ग्लोबल आइएमइ बैंकको १०२ कित्ता शेयर कारोवार भयो ।

यस्तै अपि पावर कम्पनी ९७, नेशनल लाइफ इन्स्योरेन्स ९३ र नेपाल लाइफ इन्स्यारेन्सको ९० कित्ता शेयर कारोवार भए । यस्तै बजार पूँजीकरणमा यस साता नेपाल दुरसञ्चार कम्पनी अग्रस्थानमा रह्यो ।

यस्तै नेपाल इन्भेस्टमेन्ट बैंक, नवील बैंक, स्ट्याण्र्डड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एभरेस्ट बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआइ बैंक र एनएमबी बैंक विगतमा जस्तै बजार पूँजीकरणका आधारमा उत्कृष्ट दश कम्पनीका रुपमा रहे । स्टकका अनुसार यस साता चौतारी लघुवित्त वित्तीय संस्थाको मात्रै शेयर सूचीकरण भयो । सो संस्थाको १८ लाख ६० हजार कित्ता साधारण शेयर सूचीकृत भयो ।