प्रदेश 2

छोरी विमा कार्यक्रमले छोरीको सम्मान हुन्छः मुख्यमन्त्री राउत

बीरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले छोरीको सम्मान र पठनपानठनका लागि प्रदेश सरकारले माघ १ गत्तेबाट जन्मिने छोरीलाइ १ लाखको जिवन बिमा गर्ने विशेष अभियान सुरु गर्न लागेको बताएका छन् ।

बेटि बचाउ बेटि पढाउ अभियान अन्र्तगत बीरगंज महानगरपालिकाको वडा न. १ देखि १६ सम्म र प्रदेश न. २ का अन्य ७ जिल्लाका एक/एक स्थानिय तहमा पहिलो चरणमा छोरीको जिवन बिमा कार्यक्रम शुरु गर्न लागिएको मुख्यमन्त्री राउतले बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोल तथा मुनलाइट आवासिय माविको संयुक्त आयोजनामा सन्चालित निशुल्क स्वास्थ्य शिविरको आज एक भव्य समारोहका विच उदघाटन गर्दै मुख्यमन्त्रि राउतले बेटि बचाउ बेटि पढाउ कार्यक्रम अन्तर्गत नै बेटिको जिवन बिमा कार्यक्रम शुरु हुन गइरहेको जानकारी दिए । उनले बीरगंजका जनताको हरेक सुख दुखमा आफनो साथ र सहयोग रहेको बताउदै यस क्षेत्रका जनताको स्थास्थ्यलाइ केन्द्रविन्दुमा राखि सबैको सहयोगमा नारायणी उपक्षेत्रिय अस्पताललाई मेडिकल कलेज सहितको केन्द्रिय अस्पताल बनाईने काम शुरु भएको बताए ।

उनले बीरगंजको नगवा पोखरीलाई घडिअर्वा पोखरीभन्दा आकर्षक रुपमा पुन निर्माण गर्ने काम प्रदेश सरकारले अगाडि बढाएको बताउँदै बीरगंजका सार्वजनिक मठ मन्दिर पोखरीहरुलाइ संरक्षण गरिने कुरामा जोड दिए ।

सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलका अध्यक्ष रमेश चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भिष्मकुमार भुषाल, पर्साका प्रहरी उपरिक्षक रेवति ढकाल, सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका संरक्षक एवम बीरगंज महानगरपालिका वडा न. ५ का अध्यक्ष प्रदिप चौरसिया, शसस्त्र प्रहरी उपरिक्षक प्रेमध्वज शाह, पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुन, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जरा, मुन लाइट माविका प्रबन्ध निर्देशक श्याम केसि लगायतका ब्यक्तिहरुले मन्त्वय व्यक्त गरेका थिए ।

कार्यक्रममा बीरगंजको बिकास र उन्नतीका लागि बिशेष भुमिका खेलेको भन्दै बीरगंज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत डा. भिष्मकुमार भुषाल, सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका संरक्षक एवम बीरगंज महानगरपालिका वडा न. ५ का अध्यक्ष प्रदिप चौरसिया, रेडियो नेपालका पर्सा सम्वाददाता ध्रुब अधिकारी, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निशान थापा, बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाइलाई कदरपत्र सहित दोसल्ला ओढाएर मुख्यमन्त्रि लालबाबु राउतले सम्मान गरेका थिए ।

यसैविच सो अवसरमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा नाारायणी उपक्षेत्रिय अस्पतालका डा. निरज सिँह, डा. मनोज गुप्ता, डा. रोशन अलि, डा. लक्ष्मी थापा, डा. केके अग्रवाल, ममता मिश्रा, भुषण केसि, केएन ठाकुर, ज्वाला नेपाल लगायतका चिकित्सक हरुले नाक, कान, घाँटि, आँखा, दाँत, पेट तथा फिजिशियन, स्त्री तथा प्रसुति, जर्नल सर्जन, अर्थाेसर्जन, मधुमेह, रक्तचाप, बालरोग लगायतको निशुल्क परिक्षण गरिनुका साथै औषधि समेत निशुल्क प्रदान गरिएको स्वास्थ्य शिविर आयोजक संस्थाका श्याम केसिले बताए ।

शिविरमा झण्डै ११ सय ५५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । कार्यक्रमको सहजिकरण बीरगंज युवा समाजका सचिब हेमन्त तामांगले गरेका थिए ।