राजनीति

महासमितिपछिको कार्यसमिति बैठक काङ्ग्रेसले बोलायो, ओली सरकारबिरुद्ध खनिने संकेत

काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० बस्ने भएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी आगामी माघ १० गते बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको जानकारी दिए ।

बैठकमा मुलुकको वर्तमान अवस्था र आगामी दिनमा काङ्ग्रेसले लिने नीति तथा समसामयिक विषयमा छलफल हुने विज्ञप्तीमा उल्लेख छ । काङ्ग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध समेत गरेको छ ।

शुक्रबार बिराटनगर पुगेर पार्टी सभापति शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार र हत्याको मुद्धा काँग्रेसले नछाड्ने बताएकाले उनको संकेत अबको केन्द्रीय समिति बैठकमा निर्मलाको बलात्कारीर हत्यारा पत्ता लागाउन ओली सरकारलाई दबाब दिने खालको हुने देखिएको छ । आवश्यक परेको काँग्रेसले देश बन्द सम्म गरेर भएपनि पन्तको बलात्कारी र हत्यारा खोज्न सरकारलाई दबाब दिने हुन सक्ने सभापति देउवाको पछिल्लो बोलीबाट बुझ्न सकिन्छ । वाईडबडीमा भएको भ्रष्टाचार समेत काँग्रेसको एजेण्डा हुनेभएपनि निर्मलाको हत्यारा र बलात्कारीको एजेण्डा काँग्रेसका लागिजनताको मतलिन राम्रो भएकोले उक्त एजेण्डालाई समातेका हुन् ।