मनोरञ्जन

चलचित्र आरोपको ‘फुरुङ फुरुङ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । दिलासा क्रियसनको ब्यानरमाअमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र “आरोप”को “फुरुङ फुरुङ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नित्याशिवा को आवाज रहेको छ ।
चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन् । बिजय पाठक र दिनेश राउतले निर्माण गरेको यस फिल्मलाई खिचेका छन् बिरेन्द्र भट्टले । सानू कुमार महर्जनको द्वन्द रहेको छ । फिल्ममा कमल राईको नृत्य रहेको छ भने एस के अधिकारीको गीत साथै एस के अधिकारीकै संगीत रहेको छ र उनलाई संगीतमा साथ दिएका छन् गणेश चौधरीले ।
फिल्ममा किसोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्धव गिरी, प्रेम खड्काको अभिनय रहेको छ ।
भिडियो: