-जेवी अनुरागी
-राजापुर बर्दिया
गजल
शहरले गीज्यायो धेरै गाउँनै टाकुरा बनाउ ।
चमकको आयु हुन्न चाहाना मधुरा बनाउ ।
दिव्य प्रवचन भाषणले भोक काल टर्दैन,
भविष्य सफल गर्न आजादी साँघुरा बनाउ ।
देखासीकीले चलेको घरमा दरार ल्याउँछ,
गन्तव्यमा पुग्न आबेकलाई अधुरा बनाउ ।
सौन्दर्यको आकर्षणले सत्य बीकाइ दिन्छ,
कठिनले उत्पति भको जुनि न टुहुरा बनाउ ।
यँहा सम्म पुग्दा दुनियाँको भ्रमले चीहायो,
बाँकी जीवनका लक्ष्य पनि हारेरै पुरा बनाउ ।
२
दिन जति उत्सवमा भरे पिर साथमा हुन्छ ।
मन फेर्नेको दिल सँगै जन्जिर साथमा हुन्छः ।
उमेर आकार्सर्णले हालातमा सुख ल्याउदैँन,
दुखिको काँध थापेमा तक्दीर साथमा हुन्छ ।
फूलको आइयूले मालीको बच्नेआश मरे झैं,
कुर्बानि गुलाम ठान्नेको फकिर साथमा हुन्छ ।
वर्ण पद धन कद सित कसैलाई तुलना गरे,
चेहेराको रंग उडे पछि स्थिर साथमा हुन्छ ।
।
दुनियाँका निम्ति पाको मान मात गरे पछि,
फरक सीरानी भित्र एक चिर साथमा हुन्छ ।
३
कँहा भेटिनु ईमान देश भ्रष्टको भाषमा छ ।
हुने घमन्ड गर्छ भोको अझै आशमा छ ।
देह र सत्ताको व्यापारले इतिहास मेटियो,
न्यायको ज्यादतीले सिंगो देश त्रासमा छ ।
वृद्ध बालक मास्ने देश हाँक्न सफल भए,
सिमा र आमा बचाउने मुठिको साषमा छ ।
।
शान्ती ल्याउँदा कति चुला उज्डे चुरा फुटे,
बचेँको झिनो खुशी खाडीको बाकसमा छ ।
चेलिले मुख छोपि चाहत बदल्न सिके देखि,
कुर्बानी गर्नै कर्मठ को इच्छा सल्फास्मा छ ।