समाचार

प्रविधिको अभावमा अपराध अनुसन्धानमा समस्याः प्रहरी महानिरीक्षक खनाल

गौर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई आधुनिक प्रविधिको अभावमा अपराध अनुसन्धान गर्न समस्या भएको बताएका छन् ।

रौतहट सदरमुकाम गौरमा आज सीसी क्यामरा जडानको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले आधुनिक प्रविधिको अभावमा आपराधिक गतिविधिको अनुसन्धान र नियन्त्रण गर्न कठिनाइ भएको बताए । “प्रहरीलाई प्रविधियुक्त बनाइनुपर्छ,” उनले भने, “केही आचरण बिग्रेका प्रहरीका कारण सिङ्गो सङ्गठन नै बदनाम भइरहेको छ, आचरण नसुधार्नेलाई कारवाही गरिन्छ ।”

गौर नगरपालिकाले विभिन्न १० स्थानमा रु ३० लाखको लागतमा सीसी क्यामरा जडान गरेको छ । प्रहरी उपरीक्षक केदार ढकालले सीसी क्यामरा जडानले बढीजसो रातको समयमा हुने आपराधिक गतिविधि न्यून गर्न सहज हुने बताए ।