समाचार

वाईड बडी घोटालाः एकातिर सुगतलाई कालोमोसो, अर्कोतिर जाँचबुझ आयोग गठन

काठमाण्डौ । वाईडबडी खरिद घोटालाका मुख्य ब्यक्तीका रुपमा चिनिएका नेपाल एयरलायन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको छ । बुधबारको लेखासमिति अन्तर्गतको उपसमितिले ४ अर्ब ३५ करोड भ्रष्टाचार गरेको भन्दै कारबाहीको माग गरिएका पर्यटन मन्त्री रबीन्द्र अधिकारी सहित मध्ये कंसाकार मोहन बैद्य निकट बिद्यार्थी संगठनले कालोमासो दलेको हो ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको हो कि होईन भन्ने पत्रा लगाउन भन्दै जाँचबुझ आयोग गठन गरेका छन् भने यता कालोमोसो दल्ने कार्य भएके छ ।