आर्थिक

नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा पोख्रेलसहित नयाँ नेतृत्व

काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । हिजो राजधानी काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । साधारण सभाले तपशील बमोजिमका व्यक्तित्वहरूलाई कार्यसमितिमा निर्विरोध चयन गरेका छ:–
सुमन पोखरेल–अध्यक्ष (आइएमई लिमिटेड), दिवाकर थापा–निर्वतमान अध्यक्ष ( हुलास रेमिटेन्स प्रा.लि), चन्द्र टण्डन–उपाध्यक्ष ( सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि), रितेश मित्तल–महासचिव ( नेपाल रेमिट इ. प्रा.लि), संजय सिग्देल–कोषाध्यक्ष ( सुर्य रेमिट प्रा.लि), इन्द्र शर्मा–सचिव (आइपे रेमिट प्रा.लि ), युमा श्रेष्ठ–सदस्य ( हिमालयन बैंक लिमिटेड), प्रविन अधिकारी–सदस्य ( युनाइटेड रेमिट प्रा.लि), दीपेन्द्र खनाल–सदस्य ( इजीलिकं प्रा.लि), कार्य समितिको अध्यक्षमा चयन भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नव निर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमाआफ्नो नेतृत्वनिरन्तर क्रियाशील रहने प्रतिवद्धता ब्यक्तगरेका थिए ।
सबै रेमिटेन्स कम्पनीहरू संगठित भइ आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पु¥याउने उद्देश्यले बिक्रम सम्वत् २०६० मा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो ।