आर्थिक

एनआई सी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्दमा

काठमाण्डौ । एनआई सी एशिया बैंकले सञ्चालनमा ल्याएको दमक फाल्गुनन्द चोक वडा नं १, झापा स्थित फाल्गुनन्दचोक शाखाको एनआई सी एशिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालबाट शुक्रबार समारोहकाबिच समुद्घाटन भएको छ ।उद्घाटन समारोहमा अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्विगर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याई रहेको जानकारी गराए ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालय, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथाकर्जा रू. १४६ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।