आर्थिक

कम्युनिष्ट पार्टी निकट बलबहादुरले झण्डै २० करोड कर छले !

काठमाण्डौ । स्काई ओभरसिजका संचालक झण्डै २० करोडको कर छलिको अभियोगसहित मुद्धा परेको छ । म्यानपावर ब्यावशायी संघका पुर्बअध्यक्ष समेत रहेका व्यावशायी तामाङलाई पहिलो चरणको छानबिनमा नै ६ करोडको राजश्व छली गरेको भेट्टाएको समाचार प्राप्त भएको छ । १३ करोड ४ लाख जरिवाना अशुल गर्नुपर्ने माग गर्दा बिगो र जरिवानासहित झण्डै २० करोड हुने बताईएको छ । मेलेशी, कतार, साउदी लगायतका खाडी मुलुकहरुमा नेपालबाट कामदार पठाउने काम गर्ने तामाङले विदेशी कम्पनीसंग पैसा लिने र नेपालमा नदेखाउने गरेको समेत भेटिएको बैदेशीक रोजगार बिभागका महानिर्देशक दीर्घराज मैनालीले संचारकर्मीलाई बताएका छन् ।

बिबादमा रहने म्यानपावर व्यावशायमा लाग्ने नेकपा एमाले निकट भनेर चिनिने बलबहादुर तामाङ योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङ्गका बासिन्दा हुन् । पछिल्लो समयमा भने म्यानपावर ब्यवशाय सफल भएपछि आर्थिक रुपमा सफल भएका तामाङको काठमाण्डौमा बिशाल घर भएको ब्यावशायीहरु बताउछन् । पछिल्लो समयमा उनीसमेत म्यानपावर ब्यावशाय बिबादमा आउदा बिबादित थिए ।

सामाजिक सञ्जाल फेसबुकमा समेत कम्युनिष्ट पार्टीको समर्थनमा वकालत गर्दै थिए ।