समाचार

बिबादित तपश्वी बमजमको आश्रममा सिआईबीको छापा

काठमाण्डौ । तपश्वीको रुपमा चर्चा कमाएका रामबहादुर बम्जमको आश्रममा प्रहरीले छापा मारेको समाचार छ । आफ्नै भक्तहरुलाई बलात्कार गरेको आरोप लाग्नेगरेका बम्जम बेला बेलामा बिबादमा आएपनि पछिल्लो समयमा बिबादहरु बढेपछि प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको सीआईबी र काभ्रे प्रहरीले बांडेगाउस्थीत आश्रमबाट बम्जम पक्राउ परेको समाचार छ ।

बाह्राको जंगलमा तपस्या गरी बसेका बमजमको आश्रमबाट ३ आनीसहित ४ जना पक्राउ परेको भन्दै परिवारका सदस्यहरुले प्रहरीमा उजुरी दिएपछि बमजमको आश्रममा प्रहरीले छापा हानेको हो । बमजमलाई लिटिल बुद्ध समेत भन्नेगरिएको छ ।