राजनीति

ओली सरकारले बनाएको ‘वाईडबडी छानबिन समिति’ भ्रष्टाचार ‘ढाकछोप समिति’ होः नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबमं युवा नेता धनराज गुरुङले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले वाईडबडी खरिद प्रकृयामा भएको भ्रष्टाचारलाई अनुसंधान गर्न भनदै ढाकछोप समिति गठन गरेको आरोप लगाएका छन् । नेता गुरुङले निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधीलाई कारबाही गर्न समिति गर्न आवश्यक नठानेपनि भ्रष्टाचार ढाकछोप गर्न ओली सरकार अग्रपङ्तीमा देखिएको बिचार ब्यक्त गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले, ‘निर्मला पन्तको बलत्कार एवं हत्या काण्डमा न्यायिक छानविन समिति गठन गर्न आवश्यक ठानेन, तर संसदीय उपसमितिले वाइड बडी जहाज भ्रष्टाचार काण्डमा सम्बन्धित मन्त्री लगायतकाहरुलाई कारबाहीको सिफारिस गरेपछि सरकारले न्यायिक छानविन समितिको नाममा ‘ढाकछोप’ समिति गठन गरेछ। भन्ने लेखेका छन् । बुधबार सार्बजनिक लेखा समिति अन्तर्गतको उपसमितिले पर्यनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई ४ अर्ब ३५ करोड भ्रष्टाचार गरेको आरोपसहित कारबाही गर्न सिफारिस गरेपछि प्रधानमन्त्रीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रीपरिषद बैठकले गठन गरेको ३ सदस्यीय वाईड वडी छानबिन समिति प्रति लक्षीत गर्दै नेता गुरुङको प्रतिकृया आएको हो ।’