विचार/ब्लग

नेपाली काँग्रेस: वर्तमानको साचो कथा

डा.सुरेन्द्र सिटौला/२००७ सालमा नेपाली कांग्रेसको त्याग वलिदान र नेतृत्वमा नेपालमा प्रजातान्त्रको स्थापना भएको हो, इतिहासले यहि भन्छ । राणा काल देखि आज सम्मको राजनितिको घटनाक्रमले नेपाली काँग्रेसको प्रजातन्त्र प्रतिको दरिलो आस्था, अडान र विश्वासको कारणले नै एक दलिय आधिनायक बादमा विश्वास गर्ने अन्यराजनैतिक दलहरु पनि अन्ततः शंसदिय प्रजातान्त्रको न्यानो काखमा शरणमा लिन आई पुगेका छन् ।
यस्तो गौरवमय राजनैतिक इतिहासको श्रङ्गारले सुषोभित पार्टी नेपाली काँग्रेसआज किन जनता वाट तिरस्कृत हुने अवस्थामा आइपुग्यो ? जनताको मुल्याङ्गकनमा वर्तमानको नेपाली काँग्रेस किन भरपर्दो सावित हुन सकेन ? पार्टी नेतृत्व के कुरामा चुक्यो ? समग्र मातृ पार्टी र आममतदाता किन कुइरोको काग जस्तै देखिन्छन ? राजनैतिक यर्थाथताको ब्रम्ह चक्षुले हेर्दा सम्भावित करण यस्ता हुन सक्छन ।

१.महात्वकाँक्षी र अ‍ेटेरी वुढो पुस्ता
नेपाली काँग्रेसको वर्तमानको बुढो पुस्ता हिजोको युवा पुस्ता हो । यो भन्दा अघिल्लो वुढो पुस्तामा वि.पि, गणेशमान,शुवर्ण शम्सेर, कृष्ण प्र. भट्टराई, गिरीजा र महेन्द्र नारायण निधी जस्ता परिपक्क र आदर्श व्यक्तित्वहरु थिए जो आफैमा प्रजातान्त्रका अगुवा तथा लोकतन्त्रका स्वप्नदृष्टा हुन । प्रजातान्त्रिक निष्ठाको अग्नी परीक्षामा पटक पटक सफल भएर मुक्तिकानी नेपाली जनमानसको मायालृु स्नेहमा स्थापित त्यो अधिल्लो वुढो पुस्ताले जानी नजानी स्थापित गरि दिएको समुह हो,नेपली काँग्रेसको वर्तमानको वुढो पुस्ता ।
प्रजातान्त्रीक राजनैतिक पार्टीको प्राण भनेको जनताको भानात्मक आस्था माया र विश्वासयोग्य प्रभावशाली नेतृत्व र यसका राजनैतिक मुद्धाहरु हुन । यी सवै आयमहरुमा वर्तमानको पाटी नेतृत्व कहि कतै चुकेको प्रस्ट प्रमाण गरी दिएको छ । विगतको आमचुनावको मत परिणामले ।
विडम्वना : पार्टीको वर्तमान वुढो नेतृत्व यो सत्य स्वीकार गर्न किंचित तयार देखिदैन । अपितु तत्कालिन परिस्थिति लाई दोषी वताउदै उ आफैलाई अरु भन्दा सक्षम र लोकप्रिय ठान्दछ । पश्चीमा प्रजातान्त्रीक मुलुकहरुमा जनमतले नकारे पछि पार्टी नेतृत्वमा नयाँ व्यक्तित्व उदाउछ र पार्टी पुनः गतिशिल र जुझारु भएर जनता माझ गुमेको विश्वास पुर्नस्थापित हुन्छ । नेपाली काँग्रेमा अहिले यो परिस्थित देखिदैन ।

२. कार्यकर्ताको अल्छीपनाः
छातीमा हात राखेर साचो भन्नु पर्दा अन्यराजनैतिक पार्टीका सकृय कार्यकर्ताको तुलनामा जोश जागर र हौसलाको हिसावले. नेपाली काँग्रेसका सकृया कार्यकर्ता तुलनात्मक रुपमा अलि वढि अल्छी र सुविधा भोगी वर्गको कित्तामा उभिन्छन । हुनत नेपाली काँग्रेस नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) जस्तो कार्यकर्तामा अधारित (क्याडर बेस्ड ) नभई यो आम मतदातामा आधारित (मास बेस्ड) पार्टीहो । तै पनि वदलिएको समय परिस्थिति र प्रतिस्पर्धि राजनैतिक पार्टीको प्रचार प्रसारको शैलिलाई प्रतिवाद गर्न सकृय कार्यकर्ताको अझ वढि सकृयाताको अपेक्षा वर्तमानको यर्थाथताले प्रस्टयाउछ, जुन केहि अपवाद वाहेक काँग्रेसका आम सकृय कार्यकर्ताहरुमा पाइदैन ।

 महासमिति बैठक बन्दसत्र /काठमाडौँमा नेपाली काँग्रेसको महासमिति बैठकको बन्द सत्रमा सहभागी नेता तथा कार्यकर्ता । तस्बिरः सुर्यखबर

३.पार्टी भित्रका गुट–उपगुट
वर्तमान नेपाली काँग्रेसको घरभित्र सिर्जित गुट र उपगुुट विचको यदुवँशी कोलाहाल यसरी उत्पात मचाउदैछ कि कसैले आएर घरमा आगो लागाइ दियो भने पनि एक अँजुली पानी छर्केर आगो निभाउनु भन्दा अर्को गुटलाई पछार्नु नै आफ्नो प्रमुख राजनैतिक धर्म ठान्दछ । यो कुरा अरु कसैले भन्नु भन्दा पनि गत आम निर्वाचनको भत परिणामले नै यो यथार्थ झल्काउछ । ठुलो राजनैतिक पार्टी भित्र गुट उपगुट हुनु अस्वाभाविक होइन तर यस्ता गुट उपगुटले राजनीति धर्मको न्युनतम लक्ष्मण रेखा नाघेर यदुवँशि युद्धमै निर्लिप्त हुँदा समग्र मातृपार्टी वर्तमानको अवस्थामा आई पुग्यो ।
यो शास्वत मानविय गुणहो कि राजनीति गर्ने प्रत्येक मान्छे जोगी या ऋषि मुनि वन्छु भनेर राजनीतिमा आउदैन । पार्टीका सबै सकृय कार्यकर्ताको नेतृत्व तहसम्म पुग्ने प्रवोल इच्छा हुन्छ । यी मध्य केहि मात्र साम,दाम,समय, परिस्थिति र नेतृत्व क्षमताले गर्दा सफल हुन्छन । वाँकी लाई समयको प्रवाहले किनारा लागाउदछ ।

विडम्वना छ ! नेतृत्व या पदमा नपुग्ने असल इमान्दार तर आर्थिक हैसियत कमजोर भएका कार्यकर्ता लाई सम्मान र समरक्षण गर्नु पर्ने पार्टी नेतृत्वको विवेक आफ्नो नाता गोता,भाई भतिजा, हनुमानहरु र पार्टी नेतृत्व लाई आर्थिक सलामी टक्रयाउने नवकुवेर हरुको वरिपरि मुसाले गणेशलाई फेरा लाएझै घुमिरहन्छ । अनि पार्टी लाई इतिहासको संगीनघडिमा संजिवनी प्रदान गर्ने आम कार्यकर्ताका मन फट्छ । फलस्वरुप पार्टी भित्र गुट उपगुटको जन्म हुन्छ ।

४.युवापुस्ताकोआँट र कायरको धोति
आजको नेपाली काँग्रेसको युवा पुस्तामा ससक्त र नेतृत्व क्षमता भएका युवा हरुको निकै ठुलो जमात छ । तर क्षतावान युवा नेताहरुले आफ्नो स्वविवेक र उर्जा प्रयोग गरी गुट उपगुटमा विभक्त भई कमजोर र अचेत जस्तो भएको मातृ पार्टीको नेतृत्व लाई सामुहिक रुपमा एउटै कित्तामा उभिएर सचेत गराउनु पर्ने दायीत्व वोध गरेको पाइदैन । अपितुफरक गुटका वृद्ध शिर्ष नेताको प्रिय घर ज्वाई भई पाएको क्षणिक राजनैतिक मान सम्मान र अर्शिवादमा मक्ख हुँदा नेपाली काँग्रेसको आउदो भविष्यको वर्तमान पनि अहिले कै जस्तो दयनीय दुन्छ कि भन्ने पिरले काँग्रेस पार्टी र प्रजातान्त्रका स्वतन्त्र वौद्धिक शुभचिन्तकहरु निकै चिन्तित देखिन्छन ।
राजनीतिमा आफ्नो उर्जा र क्षमतालाई चिन्न नसक्ने कार्यकर्तालाई कायर भनिन्छ । अनि कायरको धोतीले लाज छाप्दैन भने झै नेपाली काँग्रेस पार्टी भित्रका आश लाग्दा युवा नेता हरुको प्रवृति यथास्थितिमा रहि रहेमा उनीहरुले पनि रुग्ण नेतृत्वका कारण नाङ्गीएको काँग्रेसको लाज वचाउन निकै गाह्रो पर्छ ।

५. काँग्रेस कर्मको इतिहास अरुलाई कुझाउन नसक्नु
२००७ साल देखिनेै काँग्रेसले देश, जनता र प्रजातन्त्रका लागि उठाएको मसालको इतिहास गौरवयम हुंदाहुंदै पनि आफ्नो गौरव पूर्ण इतिहास जनतालाई बुझाउन नसक्नु काँग्रेसको आफ्नै महत्पूर्ण कमजोरी हो ।
आम मतदाताले वुझ्ने भाषा र शैलिमा आफ्ना वर्तमानका योजना र भविष्यका सपनाहरु जनतालाई कण्ठस्थ हुने गरी वुझाउन नेतृत्व वर्गमा जाँगर, वाक पटुता र वतृत्व कालाको पनि आवश्यता पर्छ । जुन कुरा अहिलेका पार्टी नेतृत्वमा सर्वथा आभाव छ । २०३६ सालको जनमत सँग्रहमा आफुले हार स्वीकार गरेर भएपनि देशमा वास्तविक प्रजातान्त्रको दियो वचाई राख्ने एकमात्र ऐतिहासिक साजनैतिक पार्टी नेपाली काँग्रेस नै हो ।राजनैतिक स्वार्थको क्षणिक फाइदाको लागी प्रजातान्त्रका मुलभुत आदर्शहरु राजनैतिक जुवाको खालमा काँग्रेसले लिलामीमा राख्दैन भन्ने दरीलोप्रमाण इतिहासको विभिन्न काल खण्डमा यसले राजनीतिमा निभाएको भुमिकाले प्रस्ट्याउछ । यति हुदा हुदै पनि पार्टीको नेतृत्व सिमित महत्वकाँक्षी पार्टीका अनुयायी र आफ्ना हनुमानहरुको साघुरो घेरा भित्र वन्दि हुनु, आम मतदमाताले शिर्ष नेतृत्वको भित्र मनसायमा क्षेत्रीयताको शंका गर्नु, आफ्ना नाता गोता र पारिवारीक सदस्यहरुको स्वार्थ पुरा गर्न पार्टीको साख दाउमा राख्नु र काँग्रेस सत्तामा रहदा भष्टचारको दुर्गन्धले आफ्ना आम मतदाताले अनुहार लगायत नाक छोप्नु पर्दा काँग्रेसको गौरबमय कर्मको इतिहास धमिलो भएको छ । धमिलो इतिहास जनताको पढ्न रुचाउदैनन र वुझ्दैननपनि ।

६. वौद्धिक जमातको इमान्दारीता र चमेराको नियती
नेपाली काँग्रेस पार्टीको सिधान्त र आदर्श प्रति विश्वास राख्ने वौद्धिक जमात नेपालमा ठु्लै संख्यामा छ । केहि अपवाद वाहेक प्रजातन्त्र समर्थक नेपालका वैद्धिक चाणक्यहरु हामीले राजनीति शास्त्रको पुरानो इतिहासमा भेट्टाएको चाणक्य भन्दा विल्कुलै भिन्न “चमेरे चाणक्य” हरुको संख्या आत्यधिक छ । यस्ता चाणक्यहरु पार्टी भित्रका सबै गुट उपगुटका नेताहरुको घरपिढी र वैठक लाई जीवनको मुक्तिधाम वानाएर त्यहा सधै पुग्दछन र सवै नेता उपनेताहरुलाई नेताको स्वार्थ अनुकुल सर सल्लाह दिई रहन्छन । चमेरे चाणक्यहरुको सल्लाहमा देश, जनता, प्रजातन्त्र र पार्टीको अग्रगमनको स्पष्ट नक्सा भेटिदैन अपितु नेतालाई खुसि पारेर प्राप्त हुन सक्ने पद, प्रतिष्ठा र आर्थिक तरक्कीको नाप नक्सा स्पष्ट देखिन्छ ।
चमेरे चाणक्यहरुको सल्लाहा र सुभावको सोमरसमा लट्ठ पार्टी नेतृत्वलाई प्रजातन्त्र र काँग्रेसलाई माया गर्ने स्वतन्त्र सच्चा वौद्धिक चाणक्यहरु पाच्या हुदैनन । उनीहरुलाई कहिल्ये वोलाईदैन । झन सल्लाह सुझाव लिने त कुरै भएन ।
फलतः देश, जनता र प्रजातन्त्रले फेरि अधिनायकवादको डरलाग्दो छाया संग तर्सिनुपर्ने अवस्था सृजना भएको छ ।

७.निस्कर्ष
माथि लेखिएका सवै कुरा पार्टीका शिर्ष नेतृत्व लगायत सवै तह र तप्काका नेता– कार्यकर्ताहरुले आत्मा साछि राखेर मनन गर्न पर्छ ।