आर्थिक

एभरेष्ट बैंकद्वारा लुम्विनी विकाश कोषलाई कुर्सी

काठमाण्डौ । एभरेष्ट बैंकद्वारा लुम्विनी विश्व सम्पदा क्षेत्रमा अवस्थित मायादेवी मन्दिर परिसर तथा यस परिसरका अन्य ठाउँमा पर्यटकको थकान मेटाउनका लागि २० थान बस्ने कुर्सी एक कार्यक्रमका बीचलुम्विनीविकास कोष लाई हस्तान्तरण गरिएको छ ।

मयादेवी मन्दिर परिसरमा आयोजीत उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ द्वारा कार्यक्रमका प्रमुख अतिथी भेनेरेवल मित्तिया शाक्यपुत्ता लाई कुर्सी हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा लुम्विनी विकाश कोषका कोषाध्क्षय सुरेन्द्र मुनि शाक्य, परियोजना प्रबन्धक सरोज भट्टराई, बोर्ड सदस्य अमारिका कोहर लगायत लुम्विनी विकाश कोषकावरिष्ठ पदाधिकारी, विभिन्न गुम्बाका पदाधिकारी, स्थानीय ब्यापारी, होटल ब्यवसायी, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधि तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।