राजनीति

कांग्रेस प्रवक्ता शर्माको प्रश्न- रेशम चौधरी निलम्बन हुन्छन् कि हुन्नन् ?

काठमाडौं । कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले प्रतिनिधि सभाका सांसद पदको सपथ लिए संगै नेपाली राजनीति पक्ष विपक्षमा बाँडिएको छ।

कैलाली क्षेत्र नम्वर १ बाट निर्वाचित चौधरीलाई सभामुख कृष्णबहादुर महराले शपथ खुवाएपछि केहीले संविधानविपरीत भनिरहेका छन् भने केहीले राजनीतिक मुद्दाको आड्मा सपथलाई सही सावित गर्ने कोसिस गरेका छन्।

चौधरीलाई शपथ ग्रहण गराएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने चौधरी स्वतः निलम्बन हुनुपर्ने धारणा राखेको छ। प्रतिनिधिसभाको नियमावली २४४ भाग ३ अनुसार नैतिक पतन देखिने मुद्दामा थुनामा रहेका सदस्यले संसदको हैसियतमा काम गर्न नपाउँने भन्दै कांग्रेसले निलम्बन गर्न माग गरेको हो।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा चौधरी निलम्बन हुन्छन् कि हुन्नन् भन्दै प्रश्नसमेत गरेका छन्।

प्रवक्ता शर्मा लेख्छन्,   “सपथपछि रेशम स्वत निलम्बित हुन्छन् कि हुन्नन् ? प्रतिनिधिसभा नियमावली २४४ ९३० भन्छ‘ नैतिक पतन देखिने मुद्दामा थुनामा रहेका सदस्यले सांसदको हैसियतमा काम गर्न पाउने छैनन् िउपनियम ४ भन्छ फौजदारी मुद्दामा अदालतको अन्तिम फैसला नआएसम्म,कैदमा बसेको सांसद पद स्वतः निलम्बन हुन्छ ।”