समाचार

ओली सरकार वाईड बडीले आत्तियो, मन्त्री अधिकारीलाई बचाउन बनायो यस्तो जाँचबुझ आयोग

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पर्यटनमन्त्री रवीनद्र अधिकारीलाई वाईडबडी खरीदमा भ्रष्टाचार भएको ठहर गरेको अभियोगमा कारबाही गर्न लेखा उपसमितिले सिफारिस गरेपछि आत्तिएका छन् ।

बिहीबारको मन्त्री परिषद बैठकबाट मुख्यन्यायधीश गोबिन्द प्रसाद पराजुलीको संयोजकत्वमा उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेपछि प्रधानमन्त्री ओली आत्तिएको प्रमाणीत हुन्छ । आजको मन्त्रीपरिषदको निर्णय अनुसार नेपाल एयरलाइन्सद्वारा खरिद गरिएका दुईवटा वाइड बडी विमान ३३०-२०० का सम्बन्धमा उठेका महत्वपूर्ण सार्वजनिक सवालमा जाँचबुझ गरी नेपाल सरकारसमक्ष ४५ दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रिपरिषदले एक जाँचबुझ आयोग गठन गरेको छ’ भनिएको छ ।

बुधबारमात्र लेखा समिति अन्तर्गतको उपसमितिले रबीन्द्र अधिहारीसहित, दुई पुर्बमन्त्री, तीन सचिव र नेपाल एयरलायन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई कारबाहीका लागि सिफरिस गरेपछि जनतासंग प्रधानमनत्री कार्यक्रममा प्रधानमन्त्री ओलीले असन्तुष्टी पोखेका थिए । तीन सदस्यीय आयोगको सदस्यमा नरेन्द्र पाठक र मदन शर्मा छन् ।

उनीहरुलाई छानबिन गरी प्रतिबेदन बुझाउन ४५ दिनको म्याद छ । लेखा उपससिमतिले सिफारिस गरेपनि समितिले निर्णय नगरेपनि प्रधानमन्त्री ओली आत्तिएका छन् । लेखा समितिका एक सदस्यका अनुसार समतिको सभापति काँग्रेस नेता समेत रहेका डा. मीनेन्द्र रिजाल छन् र उनको संयोजकत्वको समितिले उपसमितिको निर्णयलाई सदर गर्ने सम्भाबना बलियो देखिएकोले सरकारले आत्रिएर उच्चस्तरीय आयोग बनाएको हुनसक्ने बताए ।